Section 13
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) सभाको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने ।
(ख) राष्ट्रिय शिक्षा नीतिको परिधि भित्र रही आफ्नो कार्य सञ्चालन गर्ने, गराउने ।
(ग) सभामा पेश हुने वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरु तयार गर्ने ।
(घ) तोकिए बमोजिम अन्य कामहरु गर्ने, गराउने ।